ताजा अपडेट

ट्रेन्डिङ

चन्द्रागिरि नगरस्तरीय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, फाल्गुन १२, २०८०
201 पटक हेरिएको
चन्द्रागिरि नगरस्तरीय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

चन्द्रागिरि न.पा. वडा नं. १५ को वडा अध्यक्ष शैक्षिक विकास कोषद्वारा नगरस्तरीय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता आज स्थानीय मुनाल क्लव प्राङ्गणमा सम्पन्न भएको छ ।

कोषद्वारा आयोजित वक्तृत्वकलामा ब्राईट फ्यूचर मा.वि.का सान्भी चौधरी प्रथम, ए.आई. सेकेण्डरी स्कूलका विशेषता अधिकारी द्वितीय, एल.आर. आई स्कूलका कृषभ पन्त तृतीय भए भने विष्णुदेवी शिक्षा सदनका सविना थापा र जेसिस ईण्टरनेशनलका स्मृती थापाले सान्त्वना स्थान हासिल गर्न सफल भए ।

यसैगरी चित्रकला तर्फ मा.वि. स्तरमा ब्राईट फ्यूचर मा.वि का सन्ध्या कार्की प्रथम, प्याराडाईज रिडर्स एकेडेमीका प्रतिमा बुढा मगर द्वितीय र विष्णुदेवी मा.वि. का अनिशा तामाङले तृतीय स्थान हासिल गरे भने नि.मा.वि. तर्फ नाईटेंगल स्कूलका अकुश श्रेष्ठ प्रथम, ब्राईट फ्यूचर मा.वि.का रामशरण अधिकारी द्वितीय र प्राईम इंग्लिस स्कूलका भेक्षणा लामिछानेले तृतीय स्थान प्राप्त गरे ।

साथै प्राथमिक स्तरमा मेरी होम मोन्टेश्वरीका मनज्ञ लामिछाने प्रथम, मेरीहोमकै देव्यानी पाण्डे द्वितीय र मंगल मा.वि.का आशा तामाङ तृतीय भएका थिए ।

osbk3

विद्यार्थीले बुझेको नेपाली समाज र भविष्य विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई जनही रु. १५ हजार , रु. १० हजार र रु. ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । वक्तृत्वकलाको मूल्यांकन डा. विनोद मन्जन र डा. लेखराज खतिवडाले गरेका थिए भने चित्रकलाको मूल्यांकन वरिष्ठ चित्रकार कमलेश महर्जनले गरेका थिए ।

कोषका निवर्तमान सचिव श्री कृष्ण बहादुर कार्कीलाई सम्मान गरिएको सो कार्यक्रमको सभापतित्व कोषका अध्यक्ष मोहन हरि आचार्यले गरेका थिए भने प्रमुख अतिथि शिक्षासेवी, छात्रवृत्ति प्रवर्तक तथा सादगी व्यक्तित्व पूर्व प्र.अ. श्री सुरेन्द्र बहादुर खड्काले गरेका थिए । कार्यक्रम कोषका सचिव श्री लाल बहादुर जी.सी.ले सञ्चालन गरेका थिए ।

२०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित चन्द्रागिरि न.पा. वडा नं. १५ को वडा समितिको पहिलो निर्णय वमोजिम तत्कालीन वडा अध्यक्ष उत्तम बहादुर राउतको पारिश्रमिकबाट सञ्चालन हुने गरि स्थापना भएको वडा अध्यक्ष शैक्षिक विकास कोषमा ९० जना आजीवन सदस्य र ३०० जना साधारण सदस्य रहेको छ ।

osbk2