ताजा अपडेट

ट्रेन्डिङ

नेकका पूर्व अध्यक्ष लम्वोदर दोषी ठहर: तीन वर्ष कैद

Gyan Khabar

ज्ञानखबर

आइत, बैशाख १६, २०८१
244 पटक हेरिएको
नेकका पूर्व अध्यक्ष लम्वोदर दोषी ठहर: तीन वर्ष कैद
विशेष अदालतले विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा नेपाल इन्जिनियरिङ कलेज ((नेक) भक्तपुरका पूर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई दोषी ठहर गर्दै १२ करोड ८४ लाख ८७ हजार ९ सय ५५ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना कायम गरेको छ। त्यसैगरी ३ वर्ष कैद ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले लम्बोदरको मुद्दामा आइतबार सजाय निर्धारण गरेको हो।
यो मुद्दामा ९ जना प्रतिवादी थिए। गत चैत २५ मा मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणको तोकेको थियो। बिगो र जरिवाना गरी न्यौपानेले २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ तिर्नुपर्ने विशेष अदालतले जनाएको छ।
सम्पत्ति शुद्धीकरण विभागले गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदरसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
सम्पत्ति शुद्धीकरणसँग जोडिएको भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित विषयको हो। न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैर कानुनी रुपमा आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको थियो। न्यौपानेलाई दोषी ठहर गर्दै बाँकी ८ जनालाई भने अदालतले सफाई दिएको छ।
न्यौपानेसहित रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमकुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्यायविरुद्ध मुद्दा दर्ता गरेको थियोे । न्यौपानेबाहेकका अन्य सबैजनालाई अदालतले सफाई दिएको छ।