ताजा अपडेट

ट्रेन्डिङ

गोल्डेन गेट स्कूलमा प्रथम मकै घर सर्जक सम्मेलन २०८१ सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, चैत्र ४, २०८१
1518 पटक हेरिएको
गोल्डेन गेट स्कूलमा प्रथम मकै घर सर्जक सम्मेलन २०८१ सम्पन्न

गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूल, महाकालिस्थान, भक्तपुरले प्रथम मकै घर सर्जक सम्मेलन २०८१ भव्यताकासाथ सम्पन्न गरेको छ।

जनकवि चन्द्रबहादुर उलकले प्रमुख अतिथिको रूपमा सम्मेलनको उद्घाटन गर्दै विद्यालयको मकै घर कार्यक्रम अन्तर्गत सिर्जित ६७ वटा चुनिएका रचनाहरु संग्रहित “मकै घरको कोसेली २” को विमोचन गरे ।

कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुको वाचन र प्रस्तुतीलाई नियालेपछि प्रमुख अतिथि जनकवि उलकले यस्तो सम्मेलन नौलो रहेको बताए । उहाँले मकै घर सर्जक सम्मेलन जस्तो कार्यक्रमले सिद्धिचरण र बालकृष्णहरु जन्माउन सक्ने ठोकुवा गर्दै यस्तो कार्यक्रम अन्य विद्यालय, टोल र समुदायमा पनि विस्तार हुनुपर्नेमा जोड दिए ।

20250317 065422

प्रिन्सिपल तथा संस्थापक सिङ्ग लामाले विद्यार्थीहरुको पाठकबाट सर्जकसम्मको रुपान्तरण यात्राका लागि मकै घर कार्यक्रम संचालन गर्दै आएको र यस अन्तर्गत विद्यार्थीहरु निरन्तर वृहत् पठन, सिर्जनशील लेखन र प्रस्तुतीमा अभ्यस्त हुँदै आएको बताए ।

20250317 065332

बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले सर्जकहरुको प्रस्तुतीहरुलाई मूल्यांकन गरी नित्यम रिजाल, सभाना प्रधान र पुनम तामाङलाई नगद पुरस्कार प्रदान गरे। उनले प्रतिष्ठान तथा स्वर प्रकाशनको तर्फबाट विद्यार्थीहरुको रचनालाई प्रकाशनको अवसर एवम् शिक्षकहरुलाई विशेषज्ञ तालिमको अवसर समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए।

IMG 20250317 WA0002

लेखक एवं अनुसन्धाता तुलसी निरौलाले कक्षा ८ की भावना दाहाल तथा मीरा तामाङलाई पुस्तक प्रोत्साहनस्वरुप प्रदान गरे। उनले गोल्डेन गेटले विकास गरेको मकै घर मोडेल र यसबाट निर्मित पठन र लेखन सीप अत्यन्त उच्च स्तरको रहेको र यस्तो अभ्यास देशैभरी विस्तार गर्न आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न कवि तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

IMG 20250317 WA0015 IMG 20250317 WA0012