ताजा अपडेट

ट्रेन्डिङ

विद्या आर्जन सेकेन्डरी स्कुलमा सरस्वती पूजा सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, माघ १०, २०८२
137 पटक हेरिएको
विद्या आर्जन सेकेन्डरी स्कुलमा सरस्वती पूजा सम्पन्न

भक्तपुरको आदर्श बस स्टपस्थित विद्या आर्जन ईङ्गलिस बोर्डिङ स्कुलले श्रीपञ्चमी (वसन्त पञ्चमी) को पावन अवसरमा विशेष सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

विद्यालयले विद्यार्थीहरूको सहजता र धार्मिक आस्थालाई मध्यनजर गर्दै विशेष व्यवस्था गरेको थियो। जसअन्तर्गत नर्सरीदेखि कक्षा ३ सम्मका साना विद्यार्थीहरूका लागि विद्यालय परिसरमै पूजा गरिएको थियो भने कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले स्थानीय नागपोखरीस्थित सरस्वती मन्दिरमा पुगेर श्रद्धापूर्वक पूजा अर्चना गरेका थिए। विद्यार्थीहरूले माता सरस्वतीको भक्तिपूर्ण वन्दना गर्दै आफ्नो शैक्षिक सफलता र उज्ज्वल भविष्यको लागि आशीर्वाद मागेका थिए।

यसै पावन अवसरमा विद्यालयमा नयाँ भर्ना भएका नव–आगन्तुक विद्यार्थीहरूलाई सप्रेम स्वागत गरिनुका साथै ‘अक्षरारम्भ’ कार्यक्रम पनि विशेष धार्मिक एवं संस्कारमय वातावरणमा सम्पन्न गरेको छ।

FB IMG 1769253231404

विद्या, बुद्धि र सद्बुद्धिकी प्रतिक सरस्वती माताले सम्पूर्ण विद्यार्थीहरूमा ज्ञान र विवेकको ज्योति छरिदिउन् भन्ने शुभेच्छाका साथ विद्यालय परिवारले यो वर्षको सरस्वती पूजा सफलतापूर्वक सम्पन्न गरेको छ।