ताजा अपडेट

ट्रेन्डिङ

जाजरकोटका २९ जना बालबालिका ललितपुरको मामाघरमा

Gyan Khabar

ज्ञानखबर

शुक्र, माघ १२, २०८०
414 पटक हेरिएको
जाजरकोटका २९ जना बालबालिका ललितपुरको मामाघरमा

जाजरकोटबाट भूकम्प पीडित २९ जना बालबालिका मामाघर अनाथालय सपाेर्ट एन्ड केयर सेन्टर ललितपुरले लिएको छ ।

भूकम्पमा परी अभिभावक गुमाएका वा अन्य विपत्तिमा परी समस्याका परेका कुशे र बारेकोट गाउँपालिकाका २९ जना बालबालिकाको हेरचाह अनाथालयले गर्ने भएको हो । कुशेका १६ जना र बारेकोट गाउँपालिकाको १३ जना बालबालिकाको शिक्षा, पालनपोषण मामाघर अनाथालय सपाेर्ट एन्ड केयर सेन्टर ललितपुरले गर्नेछ ।

स्थानीय समाजसेवी विकास रोकायाको पहलमा कक्षा १२ सम्म निःशुल्क पढाइने गरी बालबालिकालाई मामाघर लगिएको हो । जाजरकोट यति वेला भूकम्पका कारण निकै समस्या छ, ,‘बालबालिकाको शिक्षा, दीक्षासमेत अभिभावकले दिन नसक्ने कुराको ख्याल गरी उनीहरूलाई त्यहाँ पठाइएको रोकायाको भनाइ छ । ।’

स्थानीय तहको सिफारिसमा निकै जोखिममा परेका बालबालिका छनाेट गरी पठाइएको साथै अनाथालयका कर्मचारीहरू नै जाजरकोट पुगी सबै कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई मामाघर ल्याएको रोकायाले जानकारी दिए ।